KhabarSanchar

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

 


स्याङ्जा  पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । हिजोदेखि परेको वर्षाका कारण आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो खसेको हो । पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।


पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरास्याङ्जा सडक खण्ड बन्द भएको छ । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।


सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिएको छ । तर अझै पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post