KhabarSanchar

चीनबाट ४० लाख भेरोसेल खोप ल्याइँदै

 



नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस (कोभिड१९) विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ ।


अबको चार दिनपछि खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लिनका लागि जुलाई ८ तारिख अर्थात् असार २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post