१९ असार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर
पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र
६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र
स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले
आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।
Post a Comment