१४ असार, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,
जनता समाजवादी
पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट
पारित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष
२०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको
प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।
गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला
मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । बजेट
माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट
विरोध भए पनि अन्ततः अर्थमन्त्री शाह प्रदेश सभाबाट बहुमतले पारित गराउन सफल भएका
हुन् ।
सत्ता पक्षकै सांसदहरुले ‘विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेट’ले प्रदेशको समृद्धि
हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए । सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री
शाहले सोमबार उक्त आरोपबारे गम्भीर असहमति रहेको बताएका छन् । ‘विचौलिया राखेर बजेट
ल्याइएको भन्ने विषयमा मेरो गम्भीर असहमति छ’ शाहले भने, ‘कसैले स–प्रमाण ल्याएमा त्यस्ता कार्यक्रम र योजना
रोक्का र खारेज गर्न म प्रतिबद्ध छु । अहिलेको बजेट कानूनी आधार तय गरेर आएको छ ।’
शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका
कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त
गरेका छन् । बजेट बाँडफाँटमा विभेद भएको भन्ने आरोपमा समेत
कुनै सत्यता नरहेको तर्क उनको थियो । ‘योजना बाँडफाँटमा विभेद भयो भन्ने कुराहरु उठेका
छन् । त्यस्तो खालको कुनै विभेद नभएको स्पष्ट पार्न चाहन्छु,’ उनले भने, ‘पछाडि परेका वा
पारिएका क्षेत्रलाई प्राथमिकता दिएर बजेट वितरण गरिएको छ ।’
Best Bitcoin Casino 2021 - xn--o80b910a26eepc81il5g
ReplyDeleteBest Bitcoin Casino 2021. Welcome to the best Bitcoin Casinos, Games, and More! Discover the best crypto casino bonus offers and free 메리트카지노 spins now!
Post a Comment