KhabarSanchar

पल शाहलाई ‘रियल हिरो’को सम्मान

 



नायक पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।


महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले रजतपट कोशेली अभियानसुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको हो ।सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।


उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरियो । नायक शाहले यो सम्मानले आगामी दिनमा पनि आफूलाई सामाजिक काममा लाग्नका लागि प्रेरणा दिएको बताए । पलले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै सरकारले लाजमर्दो काम गरेको बताए ।


नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले, बाढी प्रभावितहरुका लागि पनि सहयोग वितरण गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post