KhabarSanchar

"हेर्नुस त कति सोझो छु म" - भानु ढकाल

 


हेर्नुस त कति सोझो छु म !

 हेर्नुस त .....

कति सोझो छु म ......

अचम्मै सोझो .....

नरिबलको रुख जस्तै सोझो...

माहाभारतका युधिस्ठिर जस्तै सोझो .....

केही पनि गर्दैन म अचेल 

छोडिसके सबै नराम्रा बानिहरु 


बिहनै उठेर बासी भात पनि खादैन

गाउँका सबैलाई ध्वनी पदूषण हुने गरेर रेडियो पनि बजाउदैन

गुलेली बोकेर जङ्गलतिर चराहरुको सिकार गर्न पनि जादैन

खाना पाक्न ढिलो हुँदा आमालाइ गालि पनि गर्दैन 

हेर्नुस त .......

कति सोझो छु म .......


स्कुलबाट भागेर फिल्म हेर्न जान

अरुका बारिका फलफुलहरु चोरेर खान

गोठालो जाँदा बाख्रा छोडेर तास खेल्न 

खोलामा पौडी खेल्दा अग्लो काठको पुलबाट हाम फाल्न 

जोतेका गरामा जम्मा गरेका मकैका काठ बाल्दा मथिल्लो गराबाट आगो नाग्न 

सबै छोडी सके मैले.......

हेर्नुस त कति सोझो छु के म 


दिनभोरी सुतेर बेकाममा रातभर जाग्ने

खाना खाने बित्तिकै घरबाट भाग्ने

रुदै रुदै आमा बासङ्ग पैसा माग्ने

दिनभर तरुनिहरुकै पछि लाग्ने ..............

यी त सब मेरा भुतपुर्व बानिहरुपो हुन त 

हेर्नुस त कति सोझो छु म अचेल ....


कुनै केटिहरुलाइ फोन पनि गर्दैन

चुरोट , गुट्खा , खैनी देख्यो कि टाउको दुखिहाल्छ 

बिजुलीको तार र दारु मेरो लागि उस्तै हुन 

जस्लाइ छुने कुरै भएन 

झुट बोल्न छोडेको पनि धेरै भैसक्यो 

अरुका लोग्ने स्वास्नीबिच माहाभारत उत्पन्न गराउन माहा पाप जस्तै लाग्छ !! 

✍️ भानु  ढकाल

1 Comments

  1. ओहो धेरै सोझो होइबक्सिन्छ कि क्या हो अचेल

    ReplyDelete

Post a Comment

Previous Post Next Post