KhabarSanchar

मेयर उम्मेद्वार टंक तिमिल्सिनाका योजना: शुन्य भ्रष्ट्राचार देखि नि:शुल्क शिक्षा सम्म

पुर्वी अछामको पञ्चदेवल विनायक नगरपालिकामा स्थानीय तहको मेयर पदको चुनावी मैदानमा कांग्रेस नेतृ अम्बिका चलाउने र एमाले नेता  नन्द बहादुर कडायत को जति चर्चा भइरहेको छ, स्वतन्त्र उम्मेदवार टंक तिमिल्सिना पनि उत्तिकै अब्बल देखिएका छन् । 


को हुन् टंक?

पुर्वी अछामको पञ्चदेवल विनायक नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका २५ वर्षीय टंक तिमिल्सिना पञ्चदेवल विनायक नगरपालिका १ गुरुथापेमा जन्मेका हुन् । 

टंक चर्चित नेपाली लोक गायक हुन् । उनको पहिचान गायन मात्रै नभई म्युजिक कम्पोजर, गीत लेखक समेत हो ।

टंकले थुप्रै नेपाली लोकगितमा आवाज दिएका छन् । लोकप्रिय गायक टंक तिमिल्सैनाले मेयर पदमा उम्मेदवारी दिएपछि कतिपयले यसलाई महत्वकांक्षी निर्णय भएको बताएका थिए तर उनले अघि सारेका प्रतिवद्धताहरु ले भने उनलाई बलिया प्रतिस्पर्धीको रुपमा उभ्याएको छ ।


के के छन् टंकका प्रतिवद्धताहरु ?

गायक टंक तिमिल्सिनाले मुख्य मुद्धाको रुपमा शुन्य भ्रष्ट्राचार लाई उल्लेख गरेका छन् । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदनमा २०७८ अन्तर्गतको तथ्यांकमा पञ्चदेवल नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको थियो । बेरुजु भन्नाले "उपलब्ध स्रोत र साधनलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो ।"  अर्थात् बेरुजु भन्नाले आर्थिक अनियमितता हो । भ्रष्ट्राचारको एक एक आंकडा हतमा बोकेर त्यसको बिरोध गर्दै टंक हाल  चुनावी प्रचार प्रसारमा छन् । 

यस बाहेक थुप्रै प्रतिवद्धताहरु टंकले फेसबुक मार्फत् सार्वजनिक गरेका छन् ।


फेसबुकमा टंकद्वारा व्यक्त प्रतिवद्धता: जस्ताको त्यस्तै

* भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको सिद्धान्तमा अघि बढ्ने, भष्ट्राचारबिरुद्द विशेष अभीयान सञ्चालन गर्ने, भ्रष्टाचार गर्नेलाई सामाजिक बहीस्कार गर्ने

* हरेक घरमा विद्युत बिस्तार र सडक नपुगेका स्थानमा सडक सञ्जाल विस्तार गर्ने र स्वच्छ खानेपानीमा बिशेष जोड दिने

* नगरपालिकालाई विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई बिशेष सम्मान तथा पुरस्कारको व्यवस्था मिलाउने

* पञ्चदेवललगायत नगरपालिका भित्रका धार्मिक स्थालको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने

* भारत तथा बैदेशिक रोजगारीमा रहेका युवालाई नगरपालिकामा नै विशेष प्याकेज तथा कार्यक्रम ल्याएर रोजगारी सृजना गर्नुका साथै व्यवायिक सीप सिकाएर आत्मनिर्भर बनाउने

* कृषि तथा पशुपन्छी सम्बन्धि अध्यन केन्द्र स्थापना गरि सम्पूर्ण खालको मल र बिउ विशेष अनुदान तथा सहुलियतमा उपलब्ध गराउने

* कृषि तथा पशुसँगै प्राविधिक विषयको अध्ययन गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने, हरेक विद्यालयमा कृषि तथा प्राविधिक विषयको अध्ययन अध्यानको व्यवस्थाका लागि पहल गर्ने

* कृषि तथा पशुपालनलाई आधुनिकिकरण गर्नका लागि किसानलाई विशेष व्यवस्था गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने

* गाउँमा आउने सवारी साधनमा गाउँकै उत्पादन लैजाने व्यवस्था गर्ने

* सबैलाई उद्यमशिल बनाउने र उद्यमशिल बनाउनका लागि सहुलियत व्याजमा कर्जाको व्यवस्था गर्ने

* सार्वजनिक स्थल, चोक तथा नगरका भित्री टोलमासमेत सिसी क्यामेरा जडान गरी नगरवासीलाई सुरक्षाको प्रत्याभुति दिने

* गाउँमा बाढी पहिरोको डर भएकाले खाली भागमा रुख रोपेर हरियाली गाउँ बनाउनका लागि प्रयत्न गर्ने्

* जेष्ठ नागरीक हेरचाह केन्द्र तथा अपांगता असहायक केन्द्रमार्फत निशुल्क सेवा दिने

* आधारभूत तहदेशि उच्च तहसम्मको शिक्षा नगरपालिका भरी निःशुल्क बनाउने

* बदलिदो परिवेशमा सुचना प्रविधीमा आम नागरिकको पहुच स्थापित गर्न नगरपालिको क्षेत्र भित्र निशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने

* समाजिक सुरक्षा भत्तामा नगरपालिकाकोतर्फबाट शतप्रतिशत थप गरी घरघरमै उपलब्ध गराउने व्यवस्था गर्ने

* नगरभित्रका बेरोजगार युवा युवतीलाई गाउँमा रोजगारीको अवसर सिर्जना गरी गाउँकै सेवामा लाग्न उत्प्रेरित गर्ने

* नगरपालिकालाई स्मार्ट नगरको रुपमा बवकास गरी पाँच वर्ष भित्रमा नगर क्षेत्र भित्रका मुख्य तथा सहायक सडक, चोक तथा भित्री सडक आवश्यकता अनुसार कालो पत्रे, ढलान तथा ब्लक विछ्याउने

* निशुल्क प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी नगरभित्रै रोजगारी सृजना गर्ने,

* कृर्षी र पर्यटन व्यवसायलाई प्रबर्धन गर्न अनुदानमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने,

* राष्ट्रसेवक कर्मचारी, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका र सम्पुर्ण स्वास्थ्यकर्मीलाई जीवन विमा र स्वास्थ्य विमाको नियमित प्रीमियम उपलब्ध गराउने

* नगर भित्र खेलकुदको विकास, महिला शशक्तिकरण, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, धार्मिक, सास्कृतिक तथा ऐतिहासिक सम्पदाको सरक्षण तथा प्रवद्र्धन, खोला, सार्वजनिक जग्गा, मठमन्दिर, पाटीपौवा तथा घाट सरक्षण, स्थानीय बाजा संरक्षण, जनजाति उत्थान तथा प्राकृतिक सम्पदाको् सरक्षण, चाडपर्व, धार्मिक मेलाको प्रवद्र्धन तथा सरक्षण गरी नगरवासिलाई सास्कृतिक एकताको सुत्रमा बाध्ने

* आफ्नो बिरानो नभनी प्रतिस्पर्धाका आधारमा आवश्यक निर्णय लिने प्रणालीको विकास गराउने

* पुलपुलेसा, बाटोघाटो निर्माणमा सबै नागरिकको सहभागितामा काम गर्ने र गराउने ।

* गाउँमा अझै पनि व्याप्त रहेको छाउपडी प्रथा, छुवाछुत प्रथा, बोक्सी प्रथालाई निर्मुल पार्ने, यस्ता कार्यमा संलग्न व्यत्तिलाई कारवाहीको दायरामा ल्याउने

यि नै प्रतिवद्धता संगै टंक तिमिल्सिनाले सम्पुर्ण नगरवासी समक्ष भोटको लागि आग्रह गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post