KhabarSanchar

आफ्नै युटुबमा च्यानलमा ब्यस्त सलिनमान



नेपाली चलचित्रमा छोटो समयमा नै दर्शकको मनमा बस्न सफल नायक हुन् सलिनमान बनियाँ । सलिमानले चलचित्र ए मेरो हजुर २बाट करिअर सुरु गरेका हुन् । यो चलचित्रले हिट भएपछि सलिमानको माग पनि चुलियो । तर, सलिमान भने चलचित्र रोजाइमा चुजी देखिए । उनले, दोश्रो चलचित्र यात्रामा काम गर्न समय लगाए । यो चलचित्रमा उनी भ्लगरको भूमिकामा देखिएका छन् ।


सलिमान बनियाँले तेश्रो चलचित्र साइन गरेका छैनन् । केही नायकहरुले बर्षमा २३ वटा चलचित्रमा काम गरिरहेका छन् । तर, सलिमानले चलचित्रमा काम गर्न हतार नगरेको देखिन्छ ।


उनै, सलिनमान आफ्नै युटुबमा च्यानलमा भने मस्त छन् । उनी, आफू विभिन्न स्थानमा पुग्दा भ्लग बनाउनेदेखि अनलाइन गेमलाई युटुबमा अपलोड गरिरहेका छन् ।


सलिमानले युटुब च्यानल खोलेको त केही बर्ष भयो । तर, उनले आफ्नै नाममा खोलेको च्यानलमा निषेधाज्ञाको समयमा भने केही भिडियो अपलोड गरेका छन् । चलचित्रमा काम गर्न हतार नगरेपनि सलिनमान अन्य केही कलाकार जस्तै युटुबमा भने मस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post