KhabarSanchar

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज बैठक बस्दै




 काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले
बताए ।


प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।


छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँभक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।


छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post