KhabarSanchar

केपी शर्मा ओलीको सरकार ढल्यो, सांसद द्वारा पार्टीको ह्वीप उल्लंघन


 



२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।  जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ।


विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।


एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनालनेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post