काठमाडौँ । यतिबेला देशमा कोभिड–१९ को नयाँ
भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ८ हजारभन्दा बढी व्यक्तिमा कोरोना
सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका
छन् । यो भेरियन्टबाट सेलिब्रेटी पनि अछुतो रहन सकेनन् । कोरोनाको यो दोस्रो लहरमा
पनि करिब दर्जन हाराहारीमा कलाकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयले यसलाई
पराजित गरिसकेका छन् भने केही अझै लडिरहेका छन् ।
कोरोनाको दोस्रो भेरियन्टलबाट मात्र होइन यस
अगाडिको लहरमा पनि थुप्रै कलाकार सिकार भएका थिए । जसबाट कोही सजिलै उम्कन सफल भए
भने केहीले मुक्ति पाउन ठूलो सङ्घर्ष गर्नुपरेको थियो ।
कोरोनाको दुई लहर गरेर अहिलेसम्म दुई दर्जनभन्दा
बढी सेलिब्रेटी (कलाक्षेत्रका व्यक्ति) सङ्क्रमित भएका छन् । कोको कलाकार कोरोना
सङ्क्रमित भए त्यसको चर्चा यहाँ गर्न खोजेका छौँ ।
दोस्रो लहरमा सङ्क्रमित
१) मदनकृष्ण श्रेष्ठ (वरिष्ठ हास्यकलाकार) :
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि कोरोना सङ्क्रमित भएका थिए । उनीलगायत उनको
परिवारलाई गत वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी अहिले कोरोना
मुक्त भइसकेका छन् ।
२) वर्षा राउत (अभिनेत्री) : वर्षा राउत कोरोना
सङ्क्रमित भएकी छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ
देखिएको बताएकी हुन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।
४) केकी अधिकारी (अभिनेत्री) : केकी अधिकारीलाई
केही साता पहिले कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आफूमा कोरोनाको लक्षण
देखिएपछि परीक्षण गराएकी केकीमा कोरोना पुष्टि भएको थियो । अहिले उनी कोरोना मुक्त
भइसकेकी छन् ।
३) ऋषि लामिछाने (निर्देशक) : निर्देशक ऋषि
लामिछानेमा गत २५ गते कोरोना सङ्क्रमण देखिएको हो । लामिछाने आफैले आफू कोरोना
सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् । उनी अहिले होम
आइसोलेसनमा छन् ।
४) सरिता लामिछाने (कलाकार) : सरिता लामिछाने पनि
केही दिनअगाडि कोरोना सङ्क्रमित भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई
कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी थिइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।
५) दीपक आचार्य (कलाकार) : हास्यशृङ्खला ‘सक्किगोनी’का कलाकार
दीपकप्रसाद आचार्य (काकु) लाई केही दिनअगाडि कोरोना सङ्क्रमित पुष्टि भएको थियो ।
उनी आफैले कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।
६) नरेन्द्र महर्जन (निर्माता) : नेपाली फिल्मका
निर्माता, वितरक
तथा प्रदर्शक नरेन्द्र महर्जन यही वैशाखमा कोरोना सङ्क्रमित भएका थिए । उपचारका लागि
अस्पताल भर्ना भएका उनी ठीक भएर घर फर्किसकेका छन् । जसको जानकारी उनले सामाजिक
सञ्जालमार्फत गराएका हुन् ।
७) प्रकाश सपूत (गायक) : प्रकाश सपूतमा गत १७ गते
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । प्रकाश आफैले सामाजिक सञ्जालमार्फत
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनी अहिले होम
आइसोलेसनमा छन् ।
८) शिल्पा मास्के (अभिनेत्री) : अभिनेत्री शिल्पा
मास्केसमेत कोरोना सङ्क्रमित भएकी छन् । उनले केही समयअगाडि सामाजिक सञ्जालबाट आफू
कोरोना सङ्क्रमित भएको जानकारी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा विगत ६
दिनदेखि आइसोलेसनमा रहेको कुरा उल्लेख गरेकी थिइन् ।
पहिलो लहरमा सङ्क्रमित
१) हरिवंश आचार्य : वरिष्ठ हास्यकलाकार हरिवंश
आचार्यमा गत वर्षको असोजमा कोरोना पोजेटिभ देखिएको थियो । उनीसँगै उनकी श्रीमती
रमिला आचार्य पनि कोरोना सङ्क्रमित भएकी थिइन् ।
२) अशोक शर्मा (निर्मार्ता निर्देशक) : कलाकार,
निर्माता, निर्देशक तथा
प्रदर्शक अशोक शर्मा पनि गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएका थिए ।
३) मनोज गजुरेल (हास्यकलाकार) : कलाकार मनोज
गजुरेल गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएका थिए । उनले कोरोना जित्न लामै
सङ्घर्ष गर्नुपरेको थियो ।
४) विजय लामा (कलाकार तथा पाइलट) : कलाकारसमेत
रहेका पाइलट विजय लामा गत वर्षको भदौमा कोरोना सङ्क्रमित भएका थिए ।
५) ऋचा शर्मा (अभिनेत्री) : अभिनेत्री ऋचा शर्मा
पनि गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएकी थिइन् । होम आइसोलेसनमा बसेर उनले
कोरोना जितेकी थिइन् ।
६) बाबु बलामी : निर्देशक तथा कलाकार बाबु बलामी
गत वर्षको असोजमा कोरोना सङ्क्रमित भएका थिए ।
७) रजिना रिमाल (गायिका) : गायिका रजिना
रिमालमा पनि गत वर्षकै असोजमा कोरोना पुष्टि भएको थियो ।
८) टङ्क बुढाथोकी : गायक तथा सङ्गीतकार टङ्क
बुढाथोकी गत वर्ष कोरोना जितेका थिए ।
९) सञ्जय श्रेष्ठ (गायक) : गायक सञ्जय श्रेष्ठ गत
वर्षको असोजमा कोरोनालाई हराएका थिए ।
१०) लोचन रिजाल : गायक लोचन रिजाललाई पनि गत
वर्षकै असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
११) दीपक ढकाल (अभिनेता) : अभिनेता दीपक ढकाल गत
वर्षको भदौमा कोरोना सङ्क्रमित भएका थिए । भेरी अस्पताल नेपालगञ्जमा ल्याब
टेक्निसियनका रूपमा कार्यरत रहेका उनी कामको सिलसिलामा सङ्क्रमित भएका थिए ।
१२) प्रेमराजा महत (लोकगायक) : लोकगायक प्रेमराज
महतमा गत वर्षको अगस्टमा कोरोना सङ्क्रमण देखिएको थियो । महत र उनकी पत्नी कविता
केसी महत दुवैमा एकसाथ सङ्क्रमित भएका थिए ।
१३) प्रकाश शाह : कलाकार प्रकाश शाहलाई गत वर्ष
कात्तिकमा कोरोना सङ्क्रमण देखिएको थियो ।
१४) निर्मल शर्मा (कलाकार) : कलाकार, निर्माता तथा
निर्देशक निर्मल शर्मा पनि गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएका थिए ।
१५) सुवास कार्की (बेलासे) : सुवास कार्की बेलासे
कोरोनाबाट सङ्क्रमित हुने सबभन्दा पहिलो नेपाली कलाकार हुन् । पछिल्लो समय
बेलायतमा बस्दै आएका उनी गत वर्षको वैशाखमा सङ्क्रमित भएका थिए ।
१६) देवीराम पराजुली (भोक लाग्यो) : हास्य
शृङ्खला जिरे खुर्सानीमा ‘भोक लाग्यो’ पात्रका रूपमा निकै चर्चा कमाएका देवीराम
पराजुलीलाई गत वर्षको भदौको दोस्रो साता कोरोना सङ्क्रमित भएका थिए । पराजुली
पछिल्लो समय अमेरिका बस्दै आएका छन् । उनी उतै सङ्क्रमित भएका थिए ।
१७) अशोक धिताल : चर्चित हास्यटेलिशृङ्ला ‘भद्रगोल’मा ‘बाहुन डन’को भूमिकाबाट
चिनिएका अशोक गत वर्षको असोजमा सङ्क्रमित भएका थिए।
Post a Comment