KhabarSanchar

२४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमण मुक्त, थप ५२ जनाको मृत्यु

 


२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ३ हजार ८२ जना निको भएका छन् भने थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना भाइरस बाट ५२ जनाले ज्यान गुमाएका छन् ।  नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।


असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post