KhabarSanchar

काठमाण्डौमा बर्ड फ्लु संक्रमण पुष्टि

 


काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । 


अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 


अहिले सङ्क्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको विभागका प्रवक्ता ढकालले बताउनुभयो । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्ड फ्लु पुष्टि भएको हो । 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post