KhabarSanchar

नेपालमा चक्रवातको असर शनिबारसम्म देखिने, हावाहुरीसहित वर्षाको सम्भावना


 

काठमाडौँ । नेपालको भूभागमा केही दिन हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यासको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको हो ।


बुधबार बाग्मती र प्रदेश १ का केही स्थानलगायत उच्च हिमाली र पहाडी भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । वर्षा सँगसँगै उच्च भेगमा हावाहुरी पनि हुन सक्ने विभागले जनाएको छ । साथै प्रदेश १, २ बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशलगायत तराइको भुभागमा हावाहुरी र अति भारी वर्षा हुनेछ ।


हालको हावाहरी आउने स्थितिलाई हेर्दै कोरोनाको कहरमा आइसोलेन सेन्टरहरुलाई पनि व्यवस्थापन गर्न र थप सतर्कता अप्नाउन मौसम विभागले अनुरोध गरेको छ । सँगसँगै माथिल्लो हिमाली भेगमा पर्वतारोहीले विशेष सतर्कता अप्नाउन पनि विभागले आग्रह गरेको छ । उक्त विभागले सकेसम्म हिमाल आरोहन नगर्दा राम्रो हुने सुझाएको छ ।


यसको असर शनिबारसम्म मात्रै प्रकाशित गरेता पनि केही दिन अझै लम्बिन सक्ने अनुमान गरिएको छ । हाल गरिएको मौसम पूर्वानुमानमा केही परिर्वतन पनि हुन सक्ने वरिष्ठ मौसमविद विभुति पोखरेलले बताउनु भएको छ । चक्रवातले असर गर्ने अहिलेसम्मको बाटो भनेको चाँही तराइका जिल्लाहरुमा भारी वर्षा हुने सम्भावना देखिएकाले अकस्मात बाढी आउन सक्ने सम्भावना रहेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post