काठमाडौं, जेठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४
बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार
सूर्य थापाकाअनुसार आज साँझ बालुवाटारबाट राष्ट्रको नाममा समसामयिक विषयमा
प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते केन्द्रीय
सरकारको वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । तर यस पटक प्रतिनिधिसभा
कायम नरहेको अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । बजेट आउने
दिनको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई अर्थपूर्णरुपमा
हेरिएको छ । यस वर्ष सरकारले कोभिड १९ नियन्त्रणमा केन्द्रित बजेट ल्याउने तयारी
गरेको छ ।
Post a Comment