१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा
यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको
पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो ।
अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा
जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको
बहराइन एक स्थान सुधार गर्दै ९८औं स्थानमा उक्लँदा किर्गिस्तान ९९औं स्थानमा झरेको
छ ।
फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको
तयारीमा रहेको नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेलका लागि इराकमा छ । नेपालले शनिबार
पूर्व एसियन च्याम्पियन तथा ६८औं वरीयतामा रहेको इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ
।
दक्षिण एसियाली राष्ट्रमा वरीयतामा नेपालभन्दा
अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५औं र माल्दिभ्स १५५औं स्थानमा रहेको छ । यस्तै नेपालभन्दा
पछि बंगलादेश १८४औं, भुटान १८७औं, पाकिस्तान १९९औं र श्रीलंका २०४औं स्थानमा छन् ।
विश्व वरीयताको शीर्ष दशमा कुनै परिवर्तन भएको
छैन । शीर्ष १० मा युरोपबाट ७ टिम रहँदा दक्षिण अमेरिकाबाट तीन टिम ब्राजिल,
अर्जेन्टिना र
उरुग्वे छन् ।
युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत
रहँदा विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो,
पोर्चुगल पाँचौ,
स्पेन छैटौं,
इटाली सातौं,
अर्जेन्टिना आठौं,
उरुग्वे नवौं र
डेनमार्क दशौं स्थानमा छन् ।
Post a Comment