KhabarSanchar

रियलको उपाधी जित्ने आशा कायमै, शीर्ष स्थानमा उक्लने मौका गुमायो



सेभियासँगको २२ गोलको बराबरीपछि रियल म्याड्रिडले स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । खेल अवधिभर सेभियाले रियललाई दबाबमा राखेको थियो ।


फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभियालाई पहिलो हाफमा अग्रता दिलाए । दोस्रो हाफमा मार्को एसेन्सियो ६७ औं मिनेटमा रियलबाट बराबरी गोल फर्काए । तर त्यसको ११ मिनेटपछि इभान राकिटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभियालाई फेरि अग्रता दिलाए ।


इन्जुरी समयमा इडेन हाजार्डले गोल गरेपछि खेल २२ गोलको बराबरीमा टुंगियो र रियलको उपाधि जित्ने आशा कायम रह्यो ।


सेभियाविरुद्ध जीत हासिल गरेको भए एथलेटिको म्याड्रिड बराबर अंक जोड्दै हेड टु हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लने थियो ।


लिगमा अन्तिम ३ खेल बाँकी छँदा शीर्ष स्थानको एथलेटिकोले  ७७ र रियलको ७५ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको पनि ७५ अंक नै छ । बार्सा हेड टु हेडका आधारमा रियलभन्दा पछि छ । चौथो स्थानको सेभियाको ७१ अंक  छ ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post