KhabarSanchar

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थपिने



काठमाडौं। -काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि फेरि थपिने भएको छ। निषेधाज्ञाको विषयमा छलफल गर्न आज अपराह्न ४ बजे उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ।


भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञाको अवधि कम्तीमा अरू एक हप्ता थप्नेबारे छलफल भइरहेको छ। यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि (असार ७ गते) बाट सकिँदै छ। आज तीनै सीडीओको बैठकपछि अन्तिम निर्णय हुन्छ,’ उनले भने।


कोरोना महामारी नियन्त्रण भइनसकेकाले निषेधाज्ञा जारी राख्ने तर अबदेखि पहिलेभन्दा सहज किसिमको स्मार्ट निषेधाज्ञागरिने चर्चा केही दिनदेखि चलिरहेको छ। यसबारे आज बैठक बसेर निर्णय नगर्दासम्म त्यो भनेको कस्तो हुन्छ भनेर म अहिले व्याख्या गर्न सक्दिनँ,’ भट्टराईले भने, ‘तर पहिलेभन्दा कम्फर्टेबलचाहिँ हुन्छ।


कोरोना महामारीको दोस्रो लहर सुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञाको अवधि पटकपटक थपिइरहेको छ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post