KhabarSanchar

जर्मनी संग पोर्चुगलको लज्जास्पद हार



काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४-२ ले पराजित गरेको हो ।


पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो ।


उता पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको साविक विजेता पोर्चुगलको यस संस्करण पहिलो हार हो ।


म्युनिखमा भएको खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक खेलेको जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन।


३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनीले खेल बराबरी गर्‍यो । यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २-१ को अग्रता बनायो ।


दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले २ गोल गर्‍यो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४-१ को अग्रता बनायो ।


६७औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्द गोल अन्तर कम पार्ने प्रयास गरेका थिए तर थप गोल पर्काउन नसक्दा जर्मनीले शानदार जित हात पारेको हो ।


ग्रुप अफ डेथमानिएको समूह डी मा सबैले दुई खेल खेलेपछि फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ। अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post