KhabarSanchar

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता पछि सर्‍यो

 


१७ असार, काठमाडौं । आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको हो ।


अब प्रशिक्षक जुलाई ७ देखि सुरु हुनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तयारी छ । नेपालले एसियन कप छनोटको अन्तिम चरणमा पनि प्रतिस्पर्धा गर्दैछ ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post