KhabarSanchar

फुटबल टिमका २० जनालाई कोरोना संक्रमण



१७ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिए एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छउनले भने ।


राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।


आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।  बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post