कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय
प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२
प्रतिशतले बढेका छन् ।
त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने
संख्या १ सय ६३ प्रतिशत बढी छ । नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६
माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको
छ । यो
समाचार आजको नागरिक दैनिकमा छ ।
Post a Comment