KhabarSanchar

आज कोरोनाका ६८९८ संक्रमित निको, थप ६०८५ जनामा सक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । 
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post