नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक
(एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।
कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित
ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार
बिहान झुन्डिएर आत्महत्या गरेका हुन् ।
कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न
बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले
आत्महत्या गरेका हुन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान
महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको
बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र
बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् । मृतक धमला
ओखलढुंगाका हुन् ।
Post a Comment