KhabarSanchar

जसपा, बाबुराम-उपेन्द्र पक्षले विपक्षमा मत दिने: जसपा


 


२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा थिए । तर कार्यकारिणी समितिमा बाबुरामउपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थराजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post