KhabarSanchar

कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव, कोरोनाका नयाँ बिरामीको भर्ना नलिने

 



कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ । शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका बिरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । तर, यो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताका पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाएका छन् ।


सामाजिक सञ्जालमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेता कँडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउने तर्फ केन्द्रीत नभएको आरोप लगाएका हुन् ।


अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नु पर्ने स्थितिमा पुर्‍याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताका पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन । संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो,’ कँडेलले भनेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post