काठमाडौं, जेठ १ गते । नेपाल सुपर लिगको
पहिलो संस्करणको उपाधिका लागि धनगढी एफसीले आज काठमाडौं रेजर्सको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा फाइनल खेल साँझ साढे पाँच बजेपछि खेलाइनेछ ।
उपाधि जित्ने टोलीले ३५ लाख रुपियाँसहित ट्रफी उचाल्नेछ । काठमाडौं र धनगढी लिग
चरणका शीर्ष दुई टोली हुन ।
उपाधिको होड अघि
प्रि म्याच प्रेस कन्फेरेन्समा दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि आफू जित्ने
दाबी गरेका छन् । धनगढी एफसीका कप्तान किरणकुमार लिम्बू हुनुहुन्छ । उहाँ
राष्ट्रिय फुटबल टोलिका पहिलो रोजाइका कप्तान हुनुहुन्छ । धनगढीका प्रशिक्षक
नाइजेरियाली फुजा तोपे हुनुहुन्छ ।
किरण भर्सेस बिकेश
काठमाडौं रेजर्सका
कप्तान बिकेश कुथु हुनुहुन्छ । उहाँ राष्ट्रिय फुटबल टोलीका दोस्रो प्राथमिकताका
गोलरक्षक हुनुहुन्छ । किरण र बिकेश दुबैजनाले आ आफ्नो टोलिको नेतृत्व गरेका छन् ।
टोलिलाई नेतृत्व दिनुका साथै ब्यक्तिगत् प्रदर्शनमा समेत धनगढीका किरणकुमार
लिम्बूले उत्कृष्ट लय देखाउनुभएको छ । यद्दपी लिग चरणमा काठमाडौंले धनगढीभन्दा
उत्कृष्ट प्रदर्शन गर्दै लिग विजेता भएको थियो । छ खेलबाट १३ अङ्क जोडेको थियो । चार खेलमा
काठमाडौंले जित हात पारेको थियो ।
काठमाडौंका कप्तान
बिकेश कुथु गोल किपर हुँदा दश गोल खानुभएको छ । काठमाडौंले दोस्रो प्ले अफसम्म १३
गोल गरेको छ । प्रतियोगितामा काठमाडौंले हालसम्म आठ खेल खेलेको छ । पहिलो प्ले
अफमा हार बेहोर्दा लिगको विजेताको हैसियतले उसले दोस्रो अबसर पायो । दोस्रो अबसरमा
ललितपुरलाई हराएर काठमाडौंले उपाधिका लागि धनगढीसँगकै भेट सुनिश्चित गरेको हो ।
उता धनगढीका कप्तान
समेत रहनुभएका किरणकुमार लिम्बूले मात्र छ गोल खानुभएको छ । धनगढीले प्रतियोगितामा
दश गोल गरेको छ । सुदूरपश्चिमको धनगढीले लिग चरणको छ खेलमध्ये तीनमा जित हात पारेर
दश अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेर प्ले अफसम्मको यात्रा गरेको थियो ।
पहिलो प्ले अफमा काठमाडौंलाई हराएर उसले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।
काठमाडौं र
धनगढीबीचको बिगत्को भेट
काठमाडौं र धनगढी
दुबै टोली लिग चरणमा एक र पहिलो प्ले अफ गरी दुई पटक एक अर्काको सामना गरेको छ ।
दुबै अबसरमा काठमाडौं रेजर्स पराजित भएको छ । लिगमा काठमाडौंमाथि धनगढीले ३–० काृे सहज र
आरामदायी जित हात पारेको थियो । प्ले अफमा धनगढीसँग लिग चरणको हारको बदला लिने
अपेक्षा गरिएको काठमाडौंले दोस्रो पटक पराजय हुनुपर्यो । धनगढीले पहिलो प्ले अफमा
काठमाडौंमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै काठमाडौंलाई सहजै प्ले अफ पुग्ने बाटो
बन्द गर्यो ।
ब्यवस्थापकीय चुनौती
कोभिड १९ को
महामारीले काठमाडौंसहित देशैभरि दैनिक हजारौं सङ्क्रमित थपिएका छन् । दैनिक मृत्यु
हुनेको सङ्ख्या तीन अङ्कमा पुगेको छ । यद्दपी ब्यवस्थापकीय चुनौतीका बीच दर्शकको
अनुपस्थितिमा भइरहेको प्रतियोगिताको लिग चरणमा २१ खेल र प्ले अफमा तीन गरी हालसम्म
२४ खेल सम्पन्न भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मैनेजमेन्टको ब्यवस्थापन र
अखिल नेपाल फुटबल सङ्घको प्राबिधिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रत्येक खेलपछि
रङ्शालाभित्र खेलाडीले प्रयोगमा ल्याएको स्थानदेखि शौचालयसम्म ‘डिस्इन्फेक्टेड’
गरिएको छ । खेलाडीको
बसाइ र आवागमनमा समेत विशेष सतर्कता अपनाइएको छ । यी चुनौतीका बीच फाइनलमा दुई
टोलीबीचको स्पर्धा रोमाञ्चक हुने अपेक्षा गरएको छ ।
Post a Comment