KhabarSanchar

उपत्यकामा एक साता निषेधाज्ञा थप,



११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।


थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post