साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ
। यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई
फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।
गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी
समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको
स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए । गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण
नियन्त्रणमा छ ।
साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको
थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको छ । यात्रा प्रतिबन्ध हटाइएका देश –
यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, यूके, स्वीडेन, स्विटजरल्याण्ड,
फ्रान्स र जापान
हुन् । यद्यपि, यी देशबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा बस्नुपर्नेछ । यो निर्णय आजबाट लागू भएको छ ।
यो महिनाको सुरुवातमा साउदीले अन्तरराष्ट्रिय
यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो । साउदीको राष्ट्रिय एयरलाइन्सा सेवा कूल
४३ अन्तरराष्ट्रिय स्थानका लागि बहाल गरिएको थियो ।
Post a Comment