KhabarSanchar

अस्पतालमा शय्या नपाएर जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

 




बुटवल उपमहानगरपालिका
७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।


नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।
तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । 


समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको  वडाध्यक्ष कमल प्रताप थापाले  बताए ।


उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा-गर्दै  एम्बुलेन्समा सास गएको रातोपाटीलाई बताए ।


यसअघि,बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post