KhabarSanchar

कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु, ७६६० जना संक्रमित थपिए

 



बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

 काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post