KhabarSanchar

भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन

 



२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो ।


मंगलबार कोभिड१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले भने, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, अहिले नै चिन्ता लिनुपर्ने कुनै कारण छैन । हामीलाई यस विषयमा धेरै जानकारी छैन । अहिले यस विषयमा हामीले अध्ययन गरिरहेका छौं । भारतमा यसको संक्रमणको विषयमा पनि अध्ययन भइरहेको छ ।


डाक्टर पालले भने, ‘म्युटेसन एक जैविक तथ्य हो । हामी रोकथामको लागि आवश्यक सतर्कता पालना गर्नुपर्छ । हामीले यो रोगलाई फैलिने अवसर दिनुहुँदैन ।


जानकारहरुले नयाँ म्युटेसन कति संक्रामक छ भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post