KhabarSanchar

काठमाडौँका वरिष्ठ ज्येष्ठ नागरिकको घरमै १२ हजार विशेष भत्ता



काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि वरिष्ठ जेष्ठ नागरिकलाई १२ हजार विशेष भत्ता वितरणका लागि घरसम्मै पुग्न थालेका छन् ।  जसले आफूहरुलाई सहज भएको जेष्ठ नागरिकहरुले बताएका छन् । जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताए ।

  
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गरेका थिए ।  महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिलापुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ट दिदैँ आएको छ । 


यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post