KhabarSanchar

पछिल्लो २४ घण्टामा३ हजार ४५६ जना कोरोना संक्रमित निको ५१ जनाको मृत्यु

 



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।


स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार ९५६  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।


मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्।


देशभर ५५ हजार ५३२  जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post