२१ जेठ, काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार
यहाँको ‘डेलिमेल’ले प्रकाशित गरेको
समाचारप्रति आपत्ति जनाएको छ । डेलिमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको
खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।
समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा
(बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति
नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको
भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको
विज्ञप्तिमा भनिएको छ ।
यसका साथै दूतावासले डेलिमेललाई पत्र पठाएर
आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा
जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स–कोभ–२ को तीन किसिमका
भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ
किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ ।
Post a Comment