KhabarSanchar

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन तयारीको विषयमा छलफल हुने

 


काठमाडौँ । पार्टीको १४ औं महाधिवेशन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (शुक्रवार) पनि बस्दैछ । बिहीवारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्तुत गरेका थिए । सो प्रस्ताव माथि आज छलफल हुँदैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे का लागि बैठक तय भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीको विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । हिजोको बैठकमा कृष्ण सिटौला, महेश आचार्य, गगन थापा, रमेश लेखक लगायतले धारणा राखेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post