KhabarSanchar

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध देशभर प्रदर्शन गरिने



काठमाण्डु, १० जेठप्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी पाँच दल सम्वद्ध विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दैछन् । काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको बाबुरामउपेन्द्र समूह र राष्ट्रिय जनमोर्चा सम्वद्ध विद्यार्थीले असंवैधानिक रुपमा संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।


काठमाण्डुको प्रदर्शनी मार्गमा अपराह्न ३ बजे विरोध प्रदर्शन गर्ने तय भएको माओवादी निकट अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतले कोरोना महामारीलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर प्रदर्शन गर्न लागिएको बताए ।


आन्दोलनकारी पाँच संगठनद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपतिसमेतले निरन्तर साथ दिनु विडम्बनापूर्ण रहेको उल्लेख छ ।


प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत र सहुलियत प्रदान गर्नुको साटो एकपछि अर्को राष्ट्रघात, कुशासन, महङ्गी र भ्रष्टाचार थोपरेको आरोप विद्यार्थी संगठनहरुको छ ।
 

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post