KhabarSanchar

माधव नेपाललाई ‘ट्रयाप’मा पार्ने ओलीको चेतावनी

 



काठमाडौं । बालुवाटारमा अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको मागअनुसार २०७५ जेठ ३ अघिकै पार्टी संरचनाका आधारमा बैठक बोलाउँदै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले रातोपाटीसँग भने, ‘त्यो बैठकमा माधव नेपाल आउँछन् कि आउँदैनन् ? आएनन् भने ट्रयापमा पर्छन् ।’ 


जेठ ३ अघिको संरचनाअनुसार बैठक बस्नका लागि अध्यक्ष ओलीले आफ्नोतर्फबाट गर्नुपर्ने तयारी तीव्र बनाएका छन् । तयारी सक्नेवित्तिकै बैठकको मिति तोक्ने ओलीको योजना छ ।


तर, बैठकअघि ओलीले असन्तुष्ट पक्षसँग छलफल गर्न चाहेका छन् । सोही योजनाअनुसार सोमबार बिहान एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच करिव चारघण्टा छलफल भएको थियो ।


गौतमसँग कुराकानी गर्न पौडेल भैंसेपाटीस्थित आफ्नै घरको नजिक रहेको गौतमनिवासमा छिरेर पार्टीको आन्तरिक विवादबारे लामो कुराकानी गरेका थिए । पौडेल र गौतमबीच खासगरी नेकपा एमालेलाई जेठ २ मा फर्काउने, तर कसरी ? भन्ने विषयमा कुराकानी भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post