KhabarSanchar

एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय



नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियता पुनः बढेको छ । अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालमाधव नेपाल समुहका दोस्रो तहका नेताहरुबीच विहीबार भएको छलफलमा समस्या समाधानका लागि गरिएको प्रयास सकारात्मक दिशातर्फ अघि बढेको निश्कर्ष निकाल्दै शीर्ष नेताहरुसँग साइडलाइन वार्तागरेर पुनः वार्तामा बस्ने सहमति भएको छ ।


स्रोतका अनुसार उनीहरुबीच बिहीबार ललितपुरको एक होटलमा करिव ३ घण्टा छलफल भएको थियो । अनौपचारिक रुपमा भएको छलफलमा दुवैतर्फका नेताहरु अब पुनः शीर्ष नेतासँग बसेर अर्को पटक छलफलमा बस्ने सहमति भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post