KhabarSanchar

मेलम्चीका बाढी पिडितलाई सहयोग वितरण गर्दै पूजा र श्वेता


 

निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । अझ, सिन्धुपाल्चोकको मेलम्ची बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सयौं मानिस घरवार विहिन भएका छन् ।


मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गरेकी छिन् ।


सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंमा कलाकारिता गरिरहेकी यी नायिकाले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गरेकी छिन् ।


उनले, आफ्नो र आफ्ना साथीहरुको क्षमताले भ्याएसम्म केही सामान लिएर शुक्रबार सिन्धुपाल्चोक जान लागेको उल्लेख गरेकी छिन् । यस्तै, नायिका स्वेता खड्काले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै शुक्रबार सहयोग वितरण गर्न जाने तयारी गरेकी छिन् ।


श्वेताले विभिन्न सहयोगीहरुको साथमा खाद्यान्न लिएर मेलम्ची जाने उल्लेख गरेकी हुन् । श्वेताले यो विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको र यसमा हातेमालो गर्न सबैसँग अपिल गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post