KhabarSanchar

भोली देखि उपत्यकामा सरकारी कार्यालय र सबै बैंक खुल्ने



काठमाडौं । काठमाडौं उपत्यकामा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरु सूचारु हुने भएको छ । 


उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले स्वास्थ्यका मापदण्ड पालना गरि आलोपालो प्रणाली कायम गरी न्यूतम जनशक्तिमात्र प्रयोग गरि सेवा सूचारु गर्ने निर्णय गरेको हो ।


साथै बैठकले बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु पनि स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post