KhabarSanchar

छायांकार प्रधानको निधन

 


चलचित्र छायांकार राम शंकर प्रधानको निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय प्रधानको आईतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।


प्रधानले चलचित्र’, ‘फेररि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नातालगायत दर्जनौं नेपाली चलचित्र खिचेका छन् ।


प्रधानको निधनले प्राविधिकमा मात्र नभई समग्र चलचित्र क्षेत्रमा क्षती पुगेको प्राविधिक संघका अध्यक्ष लामाले बताए । प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post