KhabarSanchar

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु



काठमाडौं । भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।


उपचार अभावमा तीन वर्षदेखि छटपटाइरहेकी घिमिरेको नर्भिक अस्पतालले उद्धार गरी उपचार सुरु गरेको हो।


नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल घिमिरेको बिहीबार उद्धार गरेकी हुन्। तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने दर्दनाक


आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा रहन बाध्य थिइन निशा। तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्


दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका अविभावकले छोरीलाई नेपालमै ल्याएका थिए
 

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post