KhabarSanchar

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी समिति बैठक


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन । 


बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ । नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । 


साथै महाधिवेशन आयोजक कमिटीका नाममा पार्टी नेताहरुलाई गरेको कारवाहीलाई सर्वोच्चले समेत मान्यता दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post