KhabarSanchar

अष्ट्रेलिया बिरुद्धको खेलमा नयाँ खेलाडिले डेव्यु गर्दै



काठमाडौं, २८ जेठ । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले डेब्युनगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अबसर पाउन सक्ने बताएका छन् । उनले सबैथोक ठीकठाक रहे आयुष घलान, सूरज जेउ ठकुरी र कमल थापा खेल्न सक्ने बताए ।


नेपालले विश्वकप फुटबल २०२२ र एशिया कप फुटबल २०२३ को छनोट खेलमा आज अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्ब सन्ध्यामा कुवेतमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक अलमुतैरीले अष्ट्रेलिया बिरुद्ध खेल्नु नयाँ खेलाडीका लागि समस्या निम्तिने भएपनि उनीहरुका लागि खेल्नु महत्वपूर्ण हुने प्रतिक्रिया दिए ।


उनले भने, “हामीले अष्ट्रेलिया बिरुद्ध अर्को राम्रो खेल पस्किने आशा गरेका छौं, हाम्रो खेल्ने तरिकामा सुधार आएको छ र प्रशंसकलाई खुशी तुल्याउन सकेका छौं ।अष्ट्रेलियाका प्रमुख प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाल एक कडा मीहिनेत गर्ने टिम रहेको र हामी खेल्न उत्सुक रहेको बताए ।


अष्ट्रेलियाली प्रशिक्षक आनोल्डले भने, “उनीहरु फरक तरिकाले खेलेका छन्, प्रशिक्षकले समेत राम्रो गरेका छन्, नेपाललाई हामीले सम्मान गर्छौं । प्रशिक्षक आर्नोल्डले समेत नेपाल बिरुद्धको खेलमा प्राथमिकताका नियमित खेलाडीमा केही बदलाब ल्याउने संकेत गरेका छन् । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको अन्तिम खेलमा आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङशालामा राति पौने दश बजेबाट सुरु हुनेछ ।
 

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post