२८ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को
संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति
९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले
यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो
।
समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट
बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता
लिनुपर्ने अवस्था बनेको छ ।
यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका
टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट
चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै
रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ
।
समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५
खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा
अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५-० ले पराजित
भएको थियो ।
नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले
अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् । बिहीबार भएको
प्रिम्याच कन्फ्रेन्समा उनले अष्ट्रेलिया विरुद्ध राम्रो प्रदर्शन गर्ने आशा
राखेका छन् । ‘हामीले अर्को राम्रो खेल खेल्नुपर्ने छ । हाम्रो लक्ष्य नतिजा भन्दा
पनि राम्रो खेल खेल्ने हो,’ उनले भने ।
उनले नेपालको खेल्ने शैली परिवर्तन भएको र त्यसको
नतिजा पनि देखिन थालेको बताए । अष्ट्रेलियाका प्रशिक्षक ग्रेहम आर्नोल्डले समेत
नेपाली टिमको खेल्ने शैली परिवर्तन भएको र मिहेनती टिम भएको प्रतिक्रिया दिएका थिए
।
प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध
नेपालका युवा खेलाडीहरुले डेब्यु गर्न सक्ने सम्भावना रहेको समेत बनाए । अहिले
नेपाली टिममा रहेका ६ नयाँ खेलाडी मध्ये दुई खेलाडीले इराकविरुद्ध मैत्रीपूर्ण
खेलमा डेब्यु गरेका थिए । मिडफिल्डर मनिस डाँगी र डिफेण्डर गौतम श्रेष्ठले
इराकविरुद्ध पहिलो रोजाइमै खेलेका थिए । मनिसले त्यसपछि छनोटका दुवै खेल खेले भने
गौतमले चाइनिज ताइपेईविरुद्ध मात्र खेलेका थिए ।
यस बाहेक नयाँ खेलाडीहरुमा मिडफिल्डरहरु आयुष
घलान, सुरज
ज्यु ठकुरी र कमल थापाले डेब्यु गर्न बाँकी छ । यस्तै गोलकिपर विशाल सुनार पनि
पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । त्यसबाहेक यसअघि गत नोभेम्बरमा बंगलादेश
विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा परेका गोलकिपर दिप कार्कीले पनि डेब्यु
गर्न बाँकी छ ।
अलमुताइरीले आयुष, सुरज र कमलले अष्ट्रेलियाविरुद्ध पहिलो
रोजाइँमा नखेल्ने तर पनि खेल्ने सम्भावना रहेको बताएका थिए । यदी सबै कुरा ठिक भए
उनीहरुले खेल्नेछन् । ‘मलाई थाहा छ अष्ट्रेलिया विरुद्ध खेल्न गाह्रो हुनेछ तर उनीहरुले
आफ्नो स्तर बढाउन खेल्न आवश्क छ।’
अष्ट्रेलिया समूहमा लगातार ६ खेल जित्दै
शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । नेपालविरुद्ध जितेल अष्ट्रेलियाले
विश्वकपको छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ भने एसिया कपमा सिधै छनोट हुनेछ ।
Post a Comment