KhabarSanchar

स्याउ ढकमक्क फुले संगै कृषक उत्साहित

 




बेनी, वैशाख २४ गते । स्याउको राजधानीको रुपमा लिइने हिमालपारिको जिल्लला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साही भएका छन् ।


स्याउ लगायतका फलफूलको फुल खेल्ने समयमा अहिले स्याउको बोटमा ढकमक्क फूल फुलेको छ । विगतको तुलनामा राम्रोसँग फूल फुलेको हुँदा परागसेचन राम्रो भयो भने उत्पादन पनि उल्लेख्य हुने अपेक्षा गरिएको मार्फाका स्याउ कृषक दीपक लालचनको भनाइ छ ।



लालचन भन्नुहुन्छ, यस वर्ष सिंचाइ गर्ने समय हिमपात भएकोले पनि स्याउको फूल राम्रो खेलेको होला । केही समय अगाडि परेको हिँउ अग्ला डाँडाहरुमा रहने हुँदा बर्खाको समयमा पनि सिंचाइका लागि हिउँ पग्लेर बगी रहने हुँदा स्याउको उत्पादन राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।


दिउँसो राम्रो घाम लागि रहेको र मौसम खुला हुने गरेकोले पनि स्याउको उत्पादन बढ्ने कृषकको अपेक्षा छ । दिउँसाे घाम राम्रो लाग्दा माहुरी लगायतका परागसेचनका लागि मद्दत गर्ने कीराको आगमन बढी हुँदा त्यसको कारणले गर्दा उत्पादन बढ्ने अपेक्षा गरिएको कृषकको भनाइ छ ।
 

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post