KhabarSanchar

पीपीई बनाउन समेत प्रयोग हुने प्राकृतिक रबर संकटमा

 



२१ वैशाख, काठमाडौं । प्राकृतिक रबरको एक खास विशेषता भनेको नै मजबुती, लचिलोपना र पानीबाट नबिग्रनु हो । यो हाम्रो गाडीको टायर बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यसैबाट हाम्रो जुत्ताको सोल पनि बन्ने गर्छ ।


इन्जिन र रेफ्रिजेरेटरको सिल बनाउन होस् वा तार र बिजुलीको दोस्रो कम्पोनेन्टको इन्सुलेट गर्नको लागि होस् । रबरको नै प्रयोग गर्ने गरिन्छ । यसको विकल्प पनि छैन । कण्डम बनाउन होस् या कपडा, स्पोर्टस् बल र सामान्य इलास्टिकसम्म बनाउन पनि यसैको आवश्यकता पर्ने गर्छ ।


पछिल्लो एक वर्षको समयमा यसको माग तीब्र रुपमा बढेर गएको छ । कोरोना संक्रमणबाट बच्नको लागि डाक्टर र नर्सहरुले प्रयोग गर्ने पीपीई किट समेत यसैबाट बन्ने गर्छ । रबर हाम्रो जीवनशैलीसँग यति धेरै जोडिइसकेको छ कि रबरलाई युरोपियनहरुले अत्यावश्यक एवं अतिमहत्वपूर्ण कच्चा वस्तुको सूचीमा राखिसकेका छन् ।


तर दुर्भाग्य अहिले दुनियाँमा यसको कम उत्पादनको संकेत देखिन थालेको छ । विभिन्न स्वास्थ्य समस्या, जलवायु परिवर्तन र रबरको घट्दो मूल्यका कारण यसको उत्पादन र व्यापारलाई खतरामा पारेको छ ।


प्राकृतिक रबरमाथि किन बढ्दैछ संकट ?
एउटा जिज्ञासा आउँछ कि यति महत्वपूर्ण वस्तुमाथि खतरा किन आउँछ ? दुनियाँभरमा हरेक वर्ष २ करोड टन प्राकृतिक रबरको व्यापार हुने गर्छ । यस रबरको उत्पादन असंगठित एवं साना किसानहरुले गर्ने गर्छन् । यो उष्णकटिबन्धीय वनहरुमा जमिनको सानो सानो टुक्रामा रबरको रुख हुर्काउने गर्छन् । थाइल्याण्ड, इण्डोनेसिया, चीन र पश्चिम अफ्रिकामा लाखौं कामदारहरु रबर उत्पादनमा लागेका छन् । यो काम ठूलो सावधानीका साथ गर्नुपर्ने हुन्छ ।


रबरको रुखको बोक्रमा चिरा पार्ने गरिन्छ जसबाट निस्कने दूधालु तरल पदार्थलाई जम्मा गरिन्छ । फेरि यसलाई कुनै भाँडोमा राखेर घाममा सुकाउने गरिन्छ । यसरी किसानले दुनियाँमा उत्पादन हुने ८५ प्रतिशत हिस्सा उत्पादन गर्ने गर्छन् । तर अहिले यो उत्पादनमाथि संकटको बादल मडारिन थालेको छ । किनकि ब्राजिलको वर्षा वनमा पैदा हुने स्वदेशी रबरलाई व्यावसायिक रुपमा उत्पादन गर्न छाडिएको छ ।



दक्षिण अफ्रिकाको वनस्पतिमा देखिने झुलसा भन्ने रोगले १९३० मा यहाँको रबर उद्योगलाई ठूलो क्षति पुर्‍याएको थियो । अहिले कडा क्वारेन्टिन नियमका कारण यो रोगलाई दक्षिण अमेरिकासम्म मात्रै सीमित राख्न सहयोग मिलेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post