KhabarSanchar

भूवन केसी अभिनित ‘मिस्टर नेपाली’ युटुबमा रिलिज



चलचित्र मिस्टर नेपालीयुटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र सार्वजनिक गरिएको हो ।


शुक्रबार सार्वजनिक भएको यो चलचित्रलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको छ ।


यो चलचित्रमा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरु साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।
चलचित्र मिस्टर नेपालीडेढ बर्ष अगाडि नेपाली हलहरुमा रिलिज भएको थियो । प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।
 
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post