KhabarSanchar

धनगढीको कोभिड अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु

 


२१ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर,
बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए।


कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post